Thursday May 16, 2024
BS 2081 Jestha 3
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

भारतीय नाकाबन्दी हटाउन सेनाको भूमिका थियो

Feb 11, 2017 under Interesting 143 , National 834 , Current Affairs 114

प्रधानसेनापति राजेन्द्र क्षत्रीले यतिवेला बहुआयामिक सुरक्षा चुनौती थपिँदै गएको बताएका छन्। उनले राष्ट्रिय सुरक्षा सुदृढ पार्न कूटनीतिक संयन्त्रलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए। à¤¯à¥‹ खबर आजको नयाँ पत्रिकामा छापिएको छ। ‘पछिल्ला दिनमा परम्परागतभन्दा फरक सुरक्षा चुनौती थपिँदै गएको छ, यसले सामाजिक सद्भावमा समेत चुनौती थपेको छ,’ सेनाको कमान्ड एन्ड स्टाफ कलेजद्वारा शुक्रबार शिवपुरीमा आयोजित ‘रक्षा तथा कूटनीतिबाट राष्ट्रिय सुरक्षा सुदृढीकरण’ विषयक सेमिनारमा प्रधानसेनापति क्षत्रीले भने, ‘सरकारअन्तर्गतका निकायबीच एकीकृत अवधारणाका आधारमा विद्यमान सुरक्षा चुनौती सामना गर्नुपर्छ र उचित कूटनीतिक प्रयास पनि बढाउनुपर्छ।’ नेपालसहित विकासशील मुलुकका लागि कूटनीति र रक्षा नीति एक–अर्काका परिपूरक भएको प्रधानसेनापति क्षत्रीको भनाइ छ। ‘विकासशील देशहरूका लागि सामान्य सुरक्षा व्यवस्थापन नै पछिल्लो समयमा चुनौती हुन थालेको छ,’ उनले भने, ‘सरोकारवाला निकायको समन्वयमा एकीकृत हिसाबले मात्रै चुनौतीको सामना गर्न सकिन्छ।’ सेमिनारमा ६ महिनाअघि अवकाश पाएका उपरथी एवं युद्धकार्य तथा व्यवस्था महानिर्देशनालयका पूर्वप्रमुख हिमालय थापाले भारतीय नाकाबन्दी हटाउन सेनाले उल्लेख भूमिका निर्वाह गरेको बताए। प्रधानसेनापति क्षत्रीको दूतका रूपमा उनी र अर्का सैनिक अधिकृत अनुपजंग थापाले दिल्ली गएर भारतीय सेनाप्रमुख दलवीर सिंहसँग वार्ता गरेको पनि उनले बताए। ‘अनुपजंग थापा र मैले प्रधानसेनापतिका दूतका रूपमा दिल्ली गएर आर्मी चिफ दलवीर सिंहलाई नेपालको परिस्थितिको जानकारी गराएका थियौँ, त्यसपछि भारतबाट नाकाबन्दी खुलेको हो,’ पूर्वउपरथी थापाले भने, ‘नेपालले सैन्य कूटनीतिमार्फत वेलावेलामा उपलब्धि हासिल गरेको छ।’ पूर्वरथी पवनबहादुर पाँडेले भारतीय सैन्य प्रमुख सिंह गोर्खा राइफल्सका कमान्डेन्ड रहेका कारण नेपाली सेनाले उनीसँग नाकाबन्दीबारे कुराकानी गर्न सफल भएको बताए। ‘यदि सेनाप्रमुख मराठा रेजिमेन्ट वा अन्तको पृष्ठभूमिका थिए भने सेनाले कुराकानी गर्न सक्ने र उसले अग्रसरता देखाउन सक्ने अवस्था थिएन,’ पाँडेले भने।

setopati.com

Tagged: Nepal Army 11

No news.
Australian Dollar to Nepalese Rs